टाइगर कप: पुरुषतर्फ तेस्रो स्थानका लागि एपिएफ र श्रीलंङ्कन आर्मी खेल्दै

पाेखरा | माघ ६, २०८०

टाइगर कप: पुरुषतर्फ तेस्रो स्थानका लागि एपिएफ र श्रीलंङ्कन आर्मी खेल्दै

पोखरा:  पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको आज (शनिबार) तीन खेल हुँदै छ । 


पोखरा रंगशालाको भलिबल कोर्टमा हुने प्रतियोगितामा महिला/पुरुषतर्फको फाइनल खेल र पुरुषतर्फको तेस्रो स्थानका लागि खेल हुने टाइगर ग्रुप अफ पोखरा नेपालका सचिव डिवि नेपालीले जानकारी दिए । 


उनका अनुसार आज पुरुषतर्फको तेस्रो स्थानका लागि नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी टिमबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा एपिएफ क्लब गण्डकी प्रदेश र श्रीलंकाको आर्मी टिम हेल्प नेपालसँग पराजित भएका थिए । पुरुषतर्फको तेस्रो स्थानका लागि बिहान ९ बजे खेल सञ्चालन हुनेछ । 


यस्तै महिलातर्फको फाइनल खेल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लबबीच बिहान ११ बजे खेल हुनेछ । महिलातर्फ शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको छ । 


यस्तै पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे गण्डकी प्रदेश र हेल्प नेपाल बीच प्रतिस्पर्धा हुनेछ । ३/३ जना विदेशी खेलाडीसहित दुवै टिम उपाधि जित्ने लक्ष्यसहित कोर्ट प्रवेश गर्नेछन् । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो । 
 

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।


 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्